भन्सार गस्ती टोलीद्वारा तस्करी गरी भित्राइएका ९९ बोरा अबैध मल बरामद
फोटोः वडा प्रहरी कार्यालय चन्द्रौटाको फेसबुकबाट
कपिलवस्तु चैत १६ गते । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ६ पिपरी स्थित टहरामा तस्करी गरी भित्राइएको ९९ बोरा भारतीय मल बरामद गरिएको छ ।
गोप्य सुचनाका आधारमा कृष्णनगर भन्सार गस्ती टोलीले सो मल बरामद गरेको हो । भन्सार कार्यालयका सुचना अधिकृत लेखनाथ भट्टराईका अनुसार गोप्य सुचनाका आधारमा भन्सार प्रशासन र गस्ती टोली त्यहा पुगेका थियो ।
पानी तान्ने पम्मका लागि बनाइएको टहरा भित्र ९९ बोरा भारतीय मल राखिएको अवस्थामा फेला परेको उनले बताए । बरामद मल भारतबाट भित्रिए पनि कुन नाकाबाट आएको त्यो भने यकीन नभएको उनले बताए ।
बेसिजनमा तस्करहरुले मल संकलन गरी बाहिर पठाउनका लागि राखेको उनले बताए । बरामद मल भन्सारमा राखिएको उनले बताए ।
श्रोत अनुसार यो मल भिल्मी नाकाको कोटीया कर्मा लगायतका स्थानबाट तस्करहरुले मोटरसाईलमा भित्राएका हुन । सिजनमा मलको माग बढी हुने र नजिकै रहेको प्लाई उद्योगमा समेत युरिया मल चाहिने भएकाले तस्करहरुले सेटिङ मै युरिया मल भित्राउने गरेका छन ।
जिल्लाका सुरक्षा निकायले तस्करी रोक्न कडाई गरेका दाबी गरे पनि जिल्ला सबै जसो नाकाहरुका अहिले तस्करी बढेको ब्यापारीहरु नै बताउछन । हथिहवा दोहनी देखि कृष्णगर भित्र पर्ने नाकाहरुमा अहिले कपडा, चिनी, कस्मेटिक सामान, बिदेशी खाद्यान्न चुरोट, फलफलु हार्डबेयर, टायल लगायतका सामानहरु तस्करहरुले मोटरसाईल र साईकलमा भित्राउने गरेका छन ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













