कपिलवस्तु, चैत १६ गते । किशोर किशोरीहरुका लागि ४ दिने उद्घोषण तथा नेतृत्व एवं ब्यक्तित्व विकास तालिम तौलिहवामा संपन्न गरिएको छ ।
कपिलवस्तु नगरपालिकाद्वारा आयोजित तालिमका सहभागहिरुलाई प्रमाण पत्र बितरण गर्दै प्रमुख प्रशाकीय अधिकृत अधिकृत पुनाराम पौडेलले अब किशोरकिशोरीहरुले आफै कार्यक्रम संचालन गर्न सक्षम हुने बताए । उनले किशोर किशोरीहरुको बोल्ने क्षमता र नेतृत्वको विकास समेत तालिमले प्रदान गरेको बताए ।
आउने बजेटमा सहभागीरुको माग अनुसार एडभान्स लेबलको तालिमका लागि समेत बजेट बिनियोज गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरीले किशोरकिशोरीहरुले आफै कार्यक्रम संचालन गर्न सक्षम भएकोमा खुशी ब्यक्त गरे । उनले तालिमले किशोर किशारीहरु आफ्नो क्षमताको विकास गरेको र यो प्रयासलाई निरन्तर कायम राख्नु पर्ने बताए ।
यस्तै कार्यक्रममा सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले किशोर कशोरी संजालको माग अनुसार राखिएको यो तालिम फलदायी भएको बताए । उनले किशोर किशोरीले अब आफनो गाउ ठाउमा हुने कार्यक्रममा निर्धक्कका साथ कार्यक्रम गर्न सक्ने उनले बताए । उनले आगामी दिनमा किशोर किशोरीलाई नेतृत्व र ब्यक्तित्व विकासकालागि थप कार्यक्रमहरु समेत संचालन गरिने बताए ।
सो अवसरमा सहजकर्ता संजय लम्सालले आफ्नो ज्ञान धारण र सीपको विकासका लागि किशोर किशोरीहरु अघि बढनु पर्ने बताए । उनले सिक्ने र आफनो नेतृत्व र ब्यक्तित्व विकासमा निरन्तर लाग्नु पर्ने बताए ।
तालिममा नगरपालिका भित्र रहेको किशोर किशोरी संजालका ३० बढी युवायुवतीहरु सहभागी थिए । तालिम समापन समारोह प्रमुख प्रशाकीय अधिकृत पौडको अध्यक्षता तथा मुना गिरी र श्याम भुजको संचालनमा भएको थियो । कार्यक्रममा सहभागी रामेश्वर खत्री र सबिना सापकोटाले तालिम सिकेका कुरा बारे बोलेका थिए ।