कपिलवस्तु, चैत १७ गते । कपिलवस्तुको बिजयनगर गाउपालिका वडा नम्बर ७ परसोहियाका २२ अग्नी पीडीत परिवारलाई राहत सामाग्री बाडिएको छ । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाले प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामाङ, प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्ट, गाउपालिका उपध्यक्ष लक्ष्मी चौधरीको अगुावईमा राहत सामाग्री बाडिएको हो ।
प्रति परिवार दुई कम्मल, एक त्रिपाल, एक बाल्टी, एक डोरी, एक बोरा, एक पुरुष धोती र एक महिलाको पेटिकोट बाडिएको सोसाईटीका मन्त्री संतोष श्रीवास्तवले बताए ।
गत चैत १५ गते दिउसो सो गाउमा कतारे खटिको गोठबाट आगलागी फैलिएको थियो । आगलागीबाट ३० लाख बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । अग्नी पीडीतलाई वडा र गाउपालिकाले समेत खाद्यान्न उपलब्ध गराएको छ ।