कपिलवस्तु, चैत १७ गते । मुस्लिहरुको महान चाड ईदका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर १२ का अध्यक्ष ईन्सान अली धुनियाले साढे ३ सय बढी बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेका छन ।
उनले आफ्नै लगानीमा वडामा रहेका हिन्दु र मुस्लिम दुबै समुदायका बिपन्न परिवारलाई खाद्यन्न बाडेका हुन । ७० क्युन्टल चामल, ४ क्युन्टल सेवई र ४ क्युन्टल चिनी बाडेका हुन । रमजानको एक महिना मुस्लिम समुदायको लागि अति महत्वपुर्ण हुन्छ ।
एक महिना सम्म कडा ब्रतका रुपमा रोजी बस्ने चलन छ । यो अवधिमा आफुले कमाएको केही प्रतिशत रकम गरीब र बिपन्नलाई बाड्ने धार्मिक मान्यता छ । वडाध्यक्ष धुनिया सहीत उनको परिवारले रमजान महिनामा खाद्यान्न बाडेको हो ।
वडाध्यक्ष धुनियाले रमजान महिनामा गरीबहरुले राम्ररी मनाउन खाद्यान्न बाडेको बताए । उनले महान चाड ईदमा गरिब र बिपन्नलाई केही भए पनि राहतका लागि आफुले यो कार्य गरेको बताए ।
अल्लाहको कृपाले आफ्ु यहा सम्म पुगको भन्दै उनले गरिब र बिपन्नलाई राहत दिनु नै असली धर्म रहेको बताए । उनले आफु बाचुन्जेल भ्याए सम्म गरिब र बिपन्नलाई साथ दिने प्रतिबता ब्यक्त गरे । वडाध्यक्ष धुनिया कांग्रेसबाट निर्वाचत भएका हुन । रमजान र ईदमा सेवई बढी खाने चलन छ ।