संक्रामक तथा नसर्ने रोग न्यूनिकरण सम्बन्धि अभिमुखिकरण
कपिलबस्तु, चैत २२ गते । स्वास्थ्य कार्यालय कपिलबस्तुको आयोजनामा संक्रामक तथा नसर्ने रोग न्यूनिकरण सम्बन्धि अभिमुखिकरण, सचेतिकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूलाई नसर्ने रोगसम्बन्धी जानकारी तथा तिनको न्यूनिकरणका उपायहरूबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा नसर्ने रोगहरूको विषयमा स्वास्थ्य कार्यालयका रतनलाल शर्माले सहजीकरण गर्दै रोगहरूको कारण, प्रभाव र न्यूनीकरणका उपायहरूबारे जानकारी गराएका थिए । शर्माले खानपान, जीवनशैली, तथा मानसिक स्वास्थ्यले नसर्ने रोगहरूमा पार्ने असरबारे सहभागीलाई समेत जानकारी गराएका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले समुदायस्तरमै सचेतना फैलाउनु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सुधारका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत सबैको सहकार्य आवश्यक हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले सञ्चारकर्मीहरूले रोग प्रतिकार्य सम्बन्धि जनचेतनामूलक सामग्री प्रकाशनमा सक्रिय हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष खगप्रसाद चापागाई, निबर्तमन प्रदेश अध्यक्ष बसन्त गिरि, निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, पुर्वअध्यक्ष मनोज पौडेल, विभिन्न मिडियाका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
































