चन्द्रौटा, कपिलवस्तु।

चैत्र २४ गते। राष्ट्रिय प्रजातन्त्र सम्बद्ध शिवराज नगर कार्यसमिति  ट्रेड युनियन द्वारा शिवराज नगरपालिकामा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरुलाई एक कार्यक्रम गरी सम्मान गरिएको छ। कार्यक्रममा प्रजातान्त्रिक ट्रेड युनियन शिवराज नगर कार्यसमितिका अध्यक्ष चिन्नी लाल पालको अध्यक्षता, शिवराज नगरप्रमुख अजय थापाको प्रमुख आतिथ्यता र वडा प्रहरी कार्यालय चन्द्रौटा प्रहरी निरीक्षक सुजन विक्रम शाहको विशिष्ट आथित्यतामा भएको हो । शिवराज नगर पालिका भित्र विभिन्न क्षेत्रमा कार्य गर्नुहरुलाई सम्मान गरिएको हो। जसमा रियल नायकको रूपमा नगर प्रमुख अजय थापा, रियल सिंघमको रूपमा चन्द्रौटा वडा प्रहरी प्रमुख सुजन विक्रम शाह र रियल हिरोको रूपमा शिवराज बरुण यन्त्रका चालक राजेन्द्र पटेल कुर्मीलाई खाँदा ओढाइ मायाको चिनो दिएर सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख थापा, “आफूलाई निःशुल्क रूपमा जनताले निर्वाचित गराएको हुनाले ,  निःशुल्क शिक्षा र स्वास्थ्य प्रदान गरेको हो , सधैं जनता प्रति उत्तरदायी रही कार्य गरिरहेको बताउनु भयो ।” त्यस्तै रियल सिंघमको रूपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नु भएका सुजन विक्रम शाहले यो समाजमा अपराधमुक्त , भयमुक्त गर्नको निम्ति प्रहरी आफूले मात्रै नभएर यस समाजका सम्पूर्णको साथ सहयोग र सहकार्यले मात्रै सम्भव हुने जिकिर गर्नु भयो । यो सम्मान कार्यक्रमले थप जिम्मेदारी प्रदान गरेकोले आफूले अब यो भन्दा पनि उत्कृष्ट कार्य गर्ने बताउनु भयो । त्यस्तै रियल हिरोको रूपमा पहिचान गर्नु भएका बरुणयन्त्र (दमकल)का चालक राजेन्द्र पटेल कुर्मीले आफूले विगत ८ वर्ष देखि इमान्दारी पूर्वक कार्य गर्दै गरेको अवस्थामा पहिलो पटक आफ्नो कार्यको मूल्यांकन गरी सम्मान गरेकोमा खुसी हुँदै धन्यबाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सुनिल कुमार शुक्ला , प्रभु गुप्ता , समाजसेवी राम चरित्र मौर्य, दामोदर मिश्रा , शिवराज नगर खेलकूद संयोजक सन्तोष चौधरी , राप्रपा बिधार्थी संगठन केन्द्रीय सदस्य पुरन आचार्य , भुवन पौडेल, सरोज रेग्मी , प्रकाश पासी, सुशिल पुन मगर , बलभद्र मिश्रा, गया प्रसाद , खेमराज ठाकुर , कृष्ण गुप्ता, बाबु पाल, लगायतको उपस्थिति रहेको जितेन्द्र मौर्यले जानकारी गराएका हुन्।