कपिलवस्तुमा नवौं स्वास्थ्य बीमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
कपिलवस्तु, २५ चैत्र – “तपाईको स्वास्थ्य हाम्रो अठोट” भन्ने मूल नारासहित नवौं स्वास्थ्य बीमा वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्य बीमा बोर्ड कपिलबस्तुले आयोजनामा नवौं वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य सुरक्षामा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले, “राज्यले लिएको लक्ष्य चुनौतीहरू छन्, तर हामी सुविधा विस्तार गर्न निरन्तर लागिपरेका छौं ।”
सो अवसरमा वीमा बोर्डका जिल्ला संयोजक वशिष्ठ तिवारीले, “बीमा प्रणालीको सहज पहुँच र जनचेतना विस्तार गर्न हामीले अझ प्रभावकारी ढंगले काम गर्नुपर्छ । जनताले आनन्दपूर्वक बीमाको उपयोग गर्न सकून् भन्ने हाम्रो चाहना हो ।”
स्वास्थ्य बीमाको प्रभावकारिता, स्थानीय तहको भूमिका, र जनसहभागिता विषयमा विस्तृत छलफल गरिएको उक्त कार्यक्रममा बीमा प्रणालीको सुदृढीकरणका लागि आवश्यक सुझावहरू पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कार्यालयका दर्ता अधिकारी सुर्य प्रसाद पाण्डे, दर्ता सहयोगी प्रेम लत्त भट्ट, विजय कुमार तेली, सुन्दरी चौधरी लगायतले धारणा राख्नु भएको थियो ।
































