कपिलवस्तु चैत २६ गते । विद्युतीय सुरक्षा दिवसका अवसरमा कपिलवस्तुको तौलिहवा र कृष्णनगरमा सचेतना मुलक प्रभातफेरी निकालिएको छ ।
नेपाल बिद्युत प्राधिकरण तौलिहवा र कृष्णनगर बितरण केन्द्रको अगुवाईमा प्रभातफेरी निकालिएको हो । प्रभातफेरीमा बिद्युतीय सुरक्षा सम्बन्धी बिभिन्न सचेतनामुलक प्लेड समेत सहभागीले लिएर हिडेको थिए ।
तौलिहवा बितरण केन्द्रका प्रमुख गौरव पाण्डेय नेतृत्वमा प्रभातफेरी निकालिएको थियो । सदरमुकाम तौलिहवामा बिद्युत कार्यालय देखि निकालिएको प्रभातफेरीले प्रशासन कार्यालय हुदै तौलिहवा बजारका परिक्रमा गरेको थियो । यस्तै कृष्णनगर बितरण केन्द्रका प्रमुख सुशील पौडेलको अगुवाईमा निकालिएको प्रभातफेरीले कृष्णनगर बजारका परिक्रमा गरेको थियो ।
बाणगंगा नदीको पश्चिम तौलिहवा र पुर्व कृष्णनगर बितरणले बिद्युत आपुर्ति गर्दै आएको छ । सवाधानी नपानाईदा करेन्ट लागेर मानिसहरुको मृत्यु सहीत धनजनको क्षति हुने गरेको तौलिहवा बितरण केन्द्रका प्रमुख पाण्डेयले बताए । प्रलोभनमा नपरी बिद्युतको सुरक्षित उपयोग, सुरक्षा प्रति चासो लिनु पर्ने बताए ।
यस्तै प्राधिकरण कृष्णनगरका प्रमुख पौडेलले सुरक्षा सामाग्री सहीत आफु सुरक्षित हुनु पर्ने र बिद्युत चोरीलाई निरुत्साहीत गर्नु पर्ने बताए । बिद्युतको सुरक्षित आपुर्ति, प्रयोग गरिए संभाबित घटनाबाट बच्न सक्ने बताइएको छ ।