कपिलबस्तु, चैत २८ गते । भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भुमी सम्बन्धी समस्या समाधनको काम तीब्र गतिमा अघि बढेको बताउनु भएको छ । नापी कार्यालय कपिलवस्तुको आयोजना तथा बुद्धभुमी नगरपालिकाको समन्वयमा बुढ्ढी चोक स्थित सभा हलमा वडा नम्बर ५ र ६ का गाउ ब्लक जग्गाको जग्गाधनी प्रमणपत्र बितरण समारोहमा जग्गाधनीलाई लालपुर्जा बितरण गर्दै उहाँले सो कुरा बताउनु भएको छ ।


उहाँले गाउ ब्लक, बालबिटोरी, उखडा, भुमीहीन सम्बन्धी सबै काम अघि बढेको बताउनुभयो । कपिलवस्तुको तौलिहवा र कृष्णनगर बजारमा रहेको बाल बिटोरी समस्या समाधानका लागि काम समेत अघि बढेको उहाँको भनाई छ । अहिले लोकतान्त्रिक गणतन्त्रलाई तहसनहस बनाउन बिभिन्न भ्रम फैलाइएको मन्त्री अधिकारीको दाबी छ । उहाँले गणतन्त्रलाई ब्यवस्थित र परिपक्व बनाउन जरुरी रहेको बताएउनुभयो ।


सो अवसरमा बोल्दै पुर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले बर्षोदेखि लाल पुर्जा बिहीनहरुले लालपुर्जा उपलब्ध गराइएकोमा उपलब्धी मुलक काम गरिएको बताउनुभयो । एमाले र कांग्रेसको संयुक्त सरकारले जनताको भावना अनुसार काम गर्नु पर्ने उहाँको भनाई छ ।


कार्यक्रममा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले लामो प्रयास पछि गाउ ब्लक पीडीतलाई लालपुर्जा दिलाउन सफल भएकोमा आफुलाई निकै खुशी लागेको बताउनुभयो । पालिका भित्रका सबै गाउ ब्लक पीडीतलाई लालपुर्जा उपलब्ध गराउन आफु लागी परेको नगर प्रमुख श्रेष्ठको भनाई छ । वडा नम्बर ५ र ६ का ३३ गाउ ब्लकका ८ सय ३८ जग्गा धनीको प्रमाण पत्र बितरण गरिएको थियो ।


जग्गाधनीको प्रमाण पत्र पाए पछि बर्षौ देखि जोतभोग गर्दैै आएका जग्गाा धनीहरुले बल्ल आफुहरु जग्गाको मालिक भएको महसुस गरेको बताउनुभयो । प्रमाण पत्र पाए पछि बल्ल जग्गाको मालिक महसुस भएको लालपुर्जा पाएकाहरुको भनाई छ । २०२६ सालमा नापी भए पछि बल्ल लालपुार्ज पाउन सफल भएको बताउनुभयो । २०७२ सालमा गाउ ब्लकको पुनः नापी भएको थियो । २०२६ सालमा नापी हुदा एक नापी गर्न गाह्रो भए पछि एउटै कित्तामा छाडिएको जग्गालाई गाउ ब्लककारुपमा राखिएको थियो ।


नापी कार्यालयका प्रमुख जनक भण्डारीले जिल्लाको गाल ब्लक जग्गाको समस्या समाधान गर्न जिल्लामा ५ ओटा टोली परिचालन गरिएको बताउनुभयो । उहाँले २०६५ साल देखि नै नापी गरी लालपुर्जा बितरणको काम जारी रहेको बताउनुभयो । जिल्लामा साबिक ८१ गाबिसको १ हजार १७२ छन् । जस मध्ये १ हजार १६५ को नाप नक्सा बनाई ३ सय ९२ गाउ ब्लकको ७ हजार ६८० लालपुर्जा बितरण भई सकेको छ । बिजयनगर गाउपालिका वडा नम्बर १ देखि ७ सम्मका ६ सय ३० पुर्जा समेत बिहीवार बितरण गरिएको छ । मायोदेबी गाउपालिकाको १५ सय र महाराजगंज नगरपालिकाको ७ सय पुर्जाहरु बितरणका लागि तयारी अवस्थामा छ ।