कपिलवस्तु, चैत २९ गते । कपिलवस्तुको तौलिहवा स्थित सिद्धार्थ बिद्या मन्दिर बोर्डिङ स्कुलको बार्षिक अभिभावक दिवश, नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा बिद्यालयका उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मानित गरिएको थियो । बिद्यालयबाट एसईइ पास गरेर एमबिबिएस, ईन्जिनियरिङ्ग, बिएएमएस, कृषी संकाय तर्फ स्कलरसिपमा नाम निकालेका बिद्यार्थीलाई सम्मानित गरिएको थियो ।
यस्तै यस शैक्षिक सत्रमा बिद्यालयमा प्रत्येक कक्षाका उत्कृष्ट बिद्यार्थी, नर्सरी देखी १ कक्षा, २ देखी ५ कक्षा र ६ देखी ९ कक्षा तर्फका तिन श्रेणीमा उत्कृष्ट बिद्यार्थीहरु, बिद्यालयभरमा अनुशासन, खेलकुद र फुडफेस्टिवलमा उत्कृष्ट भएका बिद्यार्थीलाई साँसद सुधाकर पाण्डेय, उपसचिव हरिप्रसाद ज्ञवाली, साहित्यकार हरिराज शर्मा, संचालक गुणाखर गैह्रे र व्यवस्थापन समितिका अध्यक्ष टिकाराम अर्याल, संस्थापक रेवती पन्थी, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष खग प्रसाद चापागाई लगायतले पुरस्कृत र सम्मानित गरे ।
साँसद पाण्डेयले बिद्यालयले यो बोर्डिङ स्कुलले लामो सयम देखि तौलिहवामा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । अब्बल बिद्यार्थी उत्पादन गरेर जिल्लामै उदाहरणीय कार्य गर्दै आएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम अर्यालले बताए ।
सो बिद्यालय नगरकै संस्थागत बिद्यालय तर्फको अब्बल र स्थापित बिद्यालय भएको कपिलवस्तु नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव हरि प्रसाद ज्ञवालीले बताए ।
बिद्यालयका संस्थापक तथा वरिष्ठ साहित्यकार हरिराज शर्मा (हरास), अभिभावक राजेश ज्ञवाली, अभिभावक टिका जोशी, बिद्यालयका शिक्षक बिकास आचार्य लगायतले बिद्यालयको पुर्वाधार उप्युक्त हुुनुका साथै शिक्षामा गुणस्तरीयता रहेकोले बिद्यालय जिल्लाकै उत्कृष्ट शैक्षिक थलोको रुपमा बिकास भएको बताए ।
बिद्यालयबाट शिक्षा आर्जन गरेका बिगतका बिद्यार्थीले राम्रो स्थान र अवसरहरु पाउदै आएकाले समेत बिद्यालयको गुणस्तरीय शिक्षा रहेको बिषय प्रष्टिने गरेको बिद्यालयका सञ्चालक गुणाखर गैह्रेले बताए ।
त्यसै गरि यस शैक्षिक सत्रमा बिद्यालय भरमै उत्कृष्ट बिद्यार्थी क्रिबिसा बज्राचार्य, शिक्षिका हेमा कुवर र शिक्षकहरुको म्युजिकल चेयर रेसका बिजेता शिक्षक मोहन श्रेष्ठलाई पुरस्कृत र सम्मानित गरिएको थियो । सो अवसरमा बिद्यालयका बिद्यार्थीले बुद्धबन्दना, नृत्य प्रस्तुत गरेका थिए भने शिक्षिकाहरुले समेत सामुहिक नृत्य प्रस्तुत गरे ।