कपिलवस्तु, बैशाख १ गते । बिश्व सम्पदा सुचीमा सुचीकृतका लागि प्रस्तावित बुद्धको क्रिडास्थल तिलौराकोटमा नयाँ बर्ष २०८२ को पहिला दिन ५ हजार बढी पर्यटक आएका छन ।
एक दशकको उत्खखन पछि ३ बर्ष अघि तिलौराकोटालई सरकारले बिश्व संपदा सुचीमा सुचीकृतका लागि प्रस्तावित गरेको हो । बिगत ३ बर्ष देखि तिलौराकोटमा स्वदेशी, भारतीय र बिदेशी पर्यटकको आगमन समेत बढेको लुम्बिनी विकास कोष तिलौराकोट संपर्क कार्यालयले जनाएको छ ।


स्थानीय पथ प्रर्दशक राज कुमार यादवले यस बर्ष तिलौराकोटमा आन्तररिक र बाह्य पर्यटकको आगमन बढेको बताए । उनले नया बर्षमा कपिलबस्तु, रुपन्देही, अर्खाखाची लगायतका देशका बिभिन्न स्थानबाट ५ हजार बढी पर्यटक आएको बताए ।
बिगत चार बर्ष यता तिलौराकोटमा नेपाली र अग्रजी दुबै नया बर्ष दशै लगायतका बिदाका बेला पर्यटकहरुको बढी आउने गरेको उनी बताउछन । तिलौराकोटमा दिनभरी पर्यटकहरुले ढाकिएको थियो । समुह, जोडी, परिवारहरुले तिलौराकोटमा आएका हुन ।


रुपन्देहीको सियारी गाउपाकिला ६ बाट दिदीसंग आएकी रोशिका थापाले पहिलोे पटक तिलौराकोट आउदा निकै रमाईलो लागेको बताईन । बिभिन्न संचार माध्यम र सामाजिक संजालमा तिलौराकोट बारे हेरेर आफुलाई समते आउन मन लागेकोमा नया बर्ष बुद्धको क्रिडास्थलमा घुम्न पाउदा निकै खुशी लागेको बताईन ।


उनले तिलौराकोटमा पर्यटकहरुको बाक्लो उपस्थिति देखेर मनै रमाएको बताईन । उनले यहा आफुले टिकटक समेते बनाएको बताईन ।
तिलौराकोटको पश्चिमी र पुवीद्धार, बिचमा रहेका उत्खनन पछि संरक्षण गरिएका स्थलहरु, पोखरीमा पुगेर प्राचिन समयमाई मन्दिरमा पुगेर पर्यटकहरु फर्केका थिए ।


बिगतमा घास र झारपातका कारण फोहर देखिने तिलौरोटका बिशेष सरसफाई अभियान पछि सुन्दर समेत देखिएको स्थानीय सुभाष गौतमले बताए ।
तिलौराकोट घुम्न काठको बाटो निर्माण गरिएको छ । लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले तिलौराकोमटा आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको बताए ।


उनले तिलौराकोट सहीत जिल्लामा रहेको निग्रोधराम कुदान सगराहवा, गोटीहवा, संग्रहालय लगातयका स्थानमा समेत भ्रमण गर्न आग्रह गरेका छन । सन २०२४ मा तिलौराकोटमा ढेड लाख बढीले तिलौराकोटको भ्रमण गरेका छन् ।