शुद्धोधन गाँउपालिका अध्यक्ष चौधरी माथि गोलि प्रहार
शुद्धोधन गाँउपालिका अध्यक्ष कमलेश शरण चौधरी ।
कपिलबस्तु, बैशाख ५ गते । कपिलबस्तुको शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी माथी गोलि प्रहार भएको छ ।
जिल्ला प्रहारी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार गएराति साढे ११ बजे अध्यक्ष चौधरीलाई आफ्नै निवास मायादेवी गाँउपालिका वडा नं. १ पकडीमा गोलि प्रहार भएको बताउनुभयो ।
गाँउपालिका अध्यक्ष चौधरीले शौचालय गएर फर्किने क्रममा गोली प्रहार भएको जानकारी प्रहरीलाई दिइएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो । घटना स्थलबाटै प्रहरीले एकथान गोलीको खोका बरामद गरेको उहाँको भनाई छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























