युवतीमाथि बुद्धनगरमा गोली प्रहार
बुटवल, वैशाख ६ गते । बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा आज बिहान एक युवती माथि गोली प्रहार भएको छ । पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्री माथि गोली प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उहाँको कम्मर माथि ढाडमा गोली लागेको छ भने उहाँलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लागि पठाइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













