काठमाण्डौ – सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित हुनुभएको छ । गएराति भएको चुनावमा निकटतम प्रतिस्पर्धी पवित्रा सुनारलाई हराएर पन्थी अध्यक्षमा निर्वाचित हुनुभएको हो । पन्थीले एक सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुनारले ८७ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षमा एक सय २८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धा लोग्शरी कुँवरले एक सय मत प्राप्त गर्नुभयो । सञ्चारिका समूहको महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा उर्वसी बस्न्यात एक सय ७ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धी नुनुता राई ४ मतले पराजित हुनुभयो । राईले एक सय ३ मत पाउनुभयो ।

त्यस्तै कोषाध्यक्षमा साजना तामाङ एक सय २० मत प्राप्त गरेर निर्वाचित हुँदा उहाँको निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले एक सय ५ मत प्राप्त गर्नुभयो ।

सञ्चारिका समूहको ८ जना सदस्यहरुमा अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी सापकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित हुनुभएको छ ।