अम्बेडकरको १३४ औ जन्म जयन्ती समारोह कार्यक्रम
सुग्रिव बरई
कपिलबस्तु, वैशाख १२ गते । जिल्लाको कपिलवस्तुमा डा भीमराव अम्बेडकरको १३४ औ जन्म जयन्ती समारोह मनाइएको छ । बुद्ध विहार संघ कपिलवस्तुको आयोजनामा उक्त जन्म जयन्ती मनाइएको हो ।
समारोहमा विभिन्न समुदायका प्रतिनिधिहरू, समाजसेवी, विद्यार्थी, तथा बुद्ध धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा डा. अम्बेडकरको योगदान, विशेषगरी दलित अधिकार, सामाजिक न्याय र समावेशी समाज निर्माणमा उहाँको भूमिकाबारे चर्चा गरिएको थियो ।
बुद्ध विहार संघका अध्यक्ष राज कुमार यादवले अम्बेडकरले देखाएको बाटोमा हिँड्न सबैलाई आग्रह गर्दै सामाजिक समानताको सन्देशलाई अझ फैलाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, विचार गोष्ठी तथा पुष्पाञ्जली अर्पण जस्ता विविध गतिविधिहरू समेत समावेश गरिएको थियो ।
कार्यक्रममा दि बुद्धिस्ट सोसाईटि अफ इण्डिया उत्तर प्रदेशका प्रदेश उपाध्यक्ष केदारनाथ आजाद, दि बुद्धिस्ट सोसाईटि अफ इण्डिया सिदार्थनगरका जिल्ला अध्यक्ष राम मिलन गौतम, दलित सामाजिक विकास केन्द्रका सचिव रोहित लाल कोरी, चमार युवा सञ्जाल नवलपरासीका संजय चमार, इन्द्र प्रसाद हरिजन, राम शरण रैदास, सुग्रिव प्रसाद कोरी लगायतको सहभागिता रहेको थियो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













