कपिलवस्तु महोत्सवमा आज अफ्सर अलिको लाइभ ब्यान्ड र डान्स ग्रुपको प्रस्तुति
कपिलवस्तु, वैशाख १३ गते । आज शनिबार तौलिहवामा जारी नवौं प्राचीन कपिलवस्तु महोत्सवमा लोकप्रिय गायक अफ्सर अलिको लाईभ ब्यान्ड र विभिन्न डान्स ग्रुपहरूले विशेष सांगीतिक तथा नृत्य प्रस्तुति दिने भएका छन्।
स्थानीय कला, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दैनिक रूपमा सांस्कृतिक कार्यक्रमहरू भइरहेको छ। आजको कार्यक्रम विशेष आकर्षणको रूपमा हेरिएको छ।
महोत्सवको आयोजना तौलिहवा उद्योग वाणिज्य संघले गरेको हो। संघका अध्यक्ष गयादिन कुर्मीले महोत्सवले तौलिहवाको सांस्कृतिक तथा आर्थिक गतिविधिमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













