कपिलवस्तु, बैशाख १३ गते । कपिलवस्तु नगरपालिका ५ को डंगरीमा संपन्न प्रथम वडास्तरीय क्रिकेट प्रतियोगीता गोटीहवाले जितेको छ । दलदलाहालाई ८१ रनको फराकिलो अन्तरले हराउदै गोटीहवाले प्रतियोगीता जितेको हो ।
जितसंगै गोटीहवाले कप र नगद १५ हजार पाएको छ । यस्तै उप बिजेता दलदलाहाले उप बिजेता कप र नगद १० हजार पाएको छ । टस जितेर ब्याटिङमा उत्रेको गोटीहवाले निर्धारित १२ ओभरमा ८ बिकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको दलदलाहाले सबै बिकेट गुमाउदै ७६ रनमा समेटिएको थियो । ७० रन र ५ बिकेट लिइको दलदलाहाका सुखीराम म्यान अफ द सिरिज घोषित भए । बिजेता खेलाडी र टिमलाई कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल वडाध्यक्ष दिरेप कुमार चौधरी, स्वास्थय चौकी प्रमुख रमेश शर्माले कप, नगद र प्रमाण पत्र प्रदान गरेका थिए ।
सो अवसरमा नगर प्रमुख पौडेलले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । उनले यही महिनाको तेश्रो साता तिर मेयर कप क्रिकेट संचालन हुने बताए । उनले खेल र खेलाडीको विकासका लागि ४ वटै तहका सरकारले लगनी बढाउनु पर्ने बताए ।
अहिले क्रिकेटको क्रेज बढकोले आफ्नो प्रतिभाको विकास गर्न उनले युवाहरुलाई आग्रह गरे । सो अवसरमा वडाध्यक्ष चौधरीले युवाहरुको आग्रह अनुसार आफुले यस बर्ष देखि वडामा प्रतियोगीता शुभारम्भ गरेको बताए । उनले यो खेलमा छनौट भएका खेलाडीहरुले नगरस्तीय क्रिकेट प्रतियोगीतामा सहभागी हुने बताए । प्रतियोगीतामा ७ टोली सहभागी थिए ।