नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्दै
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार छाड्ने भएको छ। पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो।
प्रवक्ता दामोदर पण्डितले भने, ‘सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनुपर्ने अनि सरकारमा बसिरहनुपर्ने ? त्यस्तो हुँदैन, हामी चाँडै सरकारबाट बाहिरिन्छौँ। आजै पार्टीले यसबारे निर्णय गर्छ।’
चौधरी बिहीबार (आज) मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन्। डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
नाउपाबाट अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













