तौहिलवामा आज टिकटक स्टार प्रिति पासवान आउदै
कपिलबस्तु, बैशाख १७ गते । कपिलबस्तुको तौलिहवामा आज टिकटक स्टार प्रिति पासवानको प्रस्तुति रहने छ । तौलिहवामा रात्रिकालिन रुपमा सञ्चालन हुदै आएको नवौं प्राचिन कपिलवस्तु महोत्सवमा आज टिकटक स्टार प्रिति पासवानको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिले जनाएको हो ।
कपिलवस्तु जिल्लाको सम्रग विकासको आधार धार्मीक स्थलहरुको प्रर्वद्धन, पर्यटन, कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका नवौंं प्राचिन कपिलबस्तु महोत्सव हुन लागेको हो ।
स्थानीय कला, संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको प्रोत्साहन गर्ने उद्देश्य सहित तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालनमा रहेको छ । महोत्सव २१ गते सम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























