सरकार र शिक्षकबिच सहमति भएलगत्तै एसइई उत्तरपुस्किाको परीक्षण कार्य सुरु
कपिलवस्तु वैशाख १८ गते । सरकार र शिक्षकबिच सहमति भएलगत्तै कपिलवस्तुमा एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तरपुस्किाको परीक्षण कार्य सुरु गरिएको छ । बिहीबारदेखि तौलिहवास्थित शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुको कार्यालयमा पुस्तिाका परीक्षण सुरु भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई लोकनाथ मरासिनिका अनुसार आज ५० बढी शिक्षकहरु परीक्षण कार्यमा सरिक रहेको बताउनुभयो । वैशाख भित्रै जाच कार्य सम्पन्न गर्ने योजना रहेको उहाँको भनाइ छ ।
नियमित र ईक्जामटेड गरी झण्डै चार हजार पाँच सय उत्तर पुस्तिका परीक्षणका लागि आएको छ । उत्तर पुस्तिकाको परीक्षणपछि सम पीरक्षण समेत गरिनेछ । प्रति उत्तरपुस्तिका २० रुपिया पारिश्रमिक पाउने उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























