नवौ प्राचीन कपिलबस्तु महोत्सवको आज अन्तिम दिन
कपिलबस्तु, बैशाख २१ गते। नवौं प्राचीन कपिलबस्तु महोत्सवको आज समापन हुने भएको छ । महोत्सवको समापन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतद्वारा हुने भएको छ ।
महोत्सवको समापन आज साझा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले गर्नु हुने महोत्वस मुल आयोजक समितिका संयोजक एवम् तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताउनु भएको छ । महोत्सव तौलिहवामा रात्रिकालिन रुपमा सञ्चालन हुदै आएको छ ।
महोत्वस मुल आयोजक समितिका संयोजक कुर्मीले जिल्लामा रहेको ऐतिहासिक एवम् पुरातात्विक स्थलहरुको प्रचार प्रसार, नयाँ प्राविधिहरुको विकासमा जोड दिने लागयतका उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























