कपिलवस्तु बहुमुखी क्याम्पसको क्याम्पसको निर्वाचनमा सच्चिदानन्द त्रिपाठीको उम्मेदवारी
कपिलवस्तु, बैशाख २२ गते । कपिलवस्तु बहुमुखी क्याम्पसमा हुन लागेको क्याम्पस सञ्चालक समितिको निर्वाचनलाई लक्षित गर्दै सच्चिदानन्द त्रिपाठीले अध्यक्षमा उम्मेदवारी उम्मेदवारी दर्ता गरेका छन् । लामो समयदेखि शिक्षण पेसामा क्रियाशील त्रिपाठीले शैक्षिक क्षेत्रमा सुधार र व्यवस्थापनमा नवीन दृष्टिकोण प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्रिपाठीका अनुसार आफ्नो उम्मेदवारी पछाडि विशेष ११ कारण छन्, जसले उनीलाई अन्य उम्मेदवार भन्दा फरक र योग्य बनाउँछ ।
ती कारणहरूमा प्रमुख रूपमाः
१. उनले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् ।
२. करिब तीन दशकदेखि शिक्षण पेसामा सक्रिय छन् ।
३. शिक्षण पेसालाई नै मूल पेशाका रूपमा अँगालेका छन् ।
४. उनी गैरराजनीतिक, स्वच्छ र निष्पक्ष छविका व्यक्ति हुन् ।
५. शिक्षण क्षेत्रमा व्यवस्थापन अनुभव समेत राख्दछन् ।
६. निःस्वार्थ समाजसेवीका रूपमा चिनिन्छन् ।
७. क्याम्पसको पुनरुत्थान गर्न सक्ने क्षमता र योजना छन् ।
८. क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य छ ।
९. सस्तो शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रतिवद्धता राखेका छन् ।
१०. प्राध्यापक, कर्मचारी तथा पदाधिकारीहरूको नियमित तलब व्यवस्थापन गर्ने योजना छ ।
११. क्याम्पसलाई विशुद्ध शिक्षाको थलो बनाउने उनको मुख्य उद्देश्य हो ।
त्रिपाठीले शिक्षा क्षेत्रको शुद्धिकरण, पारदर्शिता र शैक्षिक गुणस्तर अभिवृद्धिमा आफू प्रतिबद्ध रहेको बताए । उनले विद्यार्थी, शिक्षक र स्थानीय सरोकारवालासँग सहकार्य गर्दै क्याम्पसको समग्र सुधारमा जुट्ने स्पष्ट संकेत दिएका छन् ।
क्याम्पस सभा निर्वाचनले क्याम्पसको भविष्य निर्धारण गर्ने विश्वास गरिएको छ, जहाँ त्रिपाठीको उम्मेदवारीले प्रतिस्पर्धालाई रोचक बनाएको छ ।































