कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न
कपिलवस्तु — जिल्ला सरकारी वकिल कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा कानुनी सचेतना अभिवृद्धिका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कपिलवस्तु नगरपालिका वडा नं. ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा आयोजित उक्त कार्यक्रममा स्नातक तह प्रथम वर्षमा अध्ययनरत करिब ७० जना विद्यार्थी सहभागी थिए।
उक्त कार्यक्रमलाई जिल्ला न्यायाधीवक्ता खिमानन्द गौतम र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले संयुक्तरूपमा सञ्चालन गर्नुभएको थियो।
प्रशिक्षणमा कानुनी अधिकार, कानुनी प्रक्रिया, विद्यार्थीको भूमिका, साइबर क्राइम, महिला तथा बालबालिका सम्बन्धी कानुनी व्यवस्था लगायतका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै उनीहरूलाई कानुनी प्रक्रियाप्रति सकारात्मक दृष्टिकोण बनाउनु रहेको आयोजकले बताएका छन्।
































