साना किसान दुग्ध उद्योगको पहिलो उत्पादन भोलिदेखि बजारमा उपलब्ध
कपिलवस्तु, जेष्ठ १ गते । साना किसान कृषि सहकारी संस्था लिमिटेडनिग्लिहवाबाट सञ्चालित साना किसान दुग्ध उद्योग (अक्षयागुना) ले आफ्नो पहिलो लट उत्पादन सम्पन्न गरी भोलिदेखि बजारमा उपलब्ध गराउने भएको छ। उद्योगले उपभोक्ताको भरोसा जित्ने उद्देश्यले गुणस्तरीय दूधजन्य उत्पादनहरु बजारमा ल्याउने जनाएको छ।
उद्योगका अनुसार उत्पादनको पहिलो चरण बजारमा पठाइँदैछ र आम उपभोक्ताको मूल्यवान सुझावको अपेक्षा गरिएको छ। उपभोक्ताले उत्पादनसँग सम्बन्धित जानकारी तथा सुझावका लागि उद्योग (फोन नं. ९८६७३६३८३०) र बिक्री केन्द्र बुटवल (फोन नं. ९८६७३६३८२६) मा सम्पर्क गर्न सक्नेछन्।
उद्योगको सफल सुरुवातमा सहयोग पुर्याउनु हुने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कपिलवस्तुका प्रमुख सरोज खनालप्रति उद्योग व्यवस्थापनले हार्दिक आभार व्यक्त गरेको छ।
साना किसान दुग्ध उद्योगका सम्पूर्ण कर्मचारीहरुको समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै संस्थाका प्रबन्धक बसन्त मुराउले दीर्घकालीन रूपमा स्थानीय किसानको उत्पादनलाई बजारीकरण गर्ने लक्ष्यसहित उद्योग अगाडि बढ्ने जानकारी दिनुभयो।































