आंपका कारण गयो बालिकाको ज्यान
कपिलवस्तु, जेठ २ गते । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनीहवामा एक बालिकाको रुखले च्यापेर मृत्यु भएको छ ।
आँधी हुरी आएको बेला बगैचामा आँप टिप्न गएको आएको बेलामा रुखले च्यापिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीका अनुसार बगैँचामा आँप टिप्ने क्रममा रुखले च्यापेर एक बालिकाको मृत्यु भएको बताउनुभयो ।
कपिलबस्तु नगरपालिका वडा नं. ८ मैनिहवा बस्ने गया प्रसाद केवटकी १४ वर्षिय छोरी विद्यावती केवटको मृत्यु भएको प्रहरी नायब उपरिक्षक अधिकारीको भनाई छ । केवटको शवलाई पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल तौलिहवामा ल्याइएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























