यशोधरा ३ मा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा
कपिलबस्तु । जिल्लाको यशोधरा गाँउपालिका ३ बसन्तपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा दुई सय भन्दा बढीको विभिन्न प्रकारका आँखासम्बन्धी रोगहरूको परीक्षण तथा उपचार सेवा लिएका थिए ।
शिविरमा मोतियाबिन्दुको अप्रेसन, चिनी (सुगर), हेमोग्लोबिन, सरुवा रोग, हेपाटाइटिस, रगत तथा पिसाब सम्बन्धी परीक्षणहरू समेत गरिएको थियो । साथै, परीक्षण तथा उपचारपछि आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो ।
वडा नम्बर ३ का वडा अध्यक्ष सरिता त्रिपाठीका अनुसार यस शिविरबाट स्थानिय बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । स्वास्थ्य सेवा उपलव्ध गराई समुदायमा सचेतना र सहजता ल्याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
शिविरमा वडा नं. ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबेले गाँउमा रहेको गरिब विपन्नलाई यस्तो शिविरले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
































