उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी प्रशंसा-पत्रद्वारा सम्मानित
कपिलवस्तु, जेठ ८ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा मासिक समिक्षा बैठक सम्पन्न भएको छ। बैठकमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले मातहतका प्रहरी इकाईका प्रमुखहरूलाई समसामयिक विषयहरूमा आवश्यक निर्देशन दिएका छन्।
त्यसै अवसरमा, बैशाख महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रूपमा वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार राजेन्द्र कुँवरलाई “Police of the Month” घोषणा गर्दै प्रशंसा-पत्रद्वारा सम्मानित गरिएको छ। उहाँको निष्ठा, लगनशीलता र उत्कृष्ट कार्यसम्पादनको आधारमा यो सम्मान प्रदान गरिएको हो।
प्रहरी उपरीक्षक भट्टले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूको मनोबल बढाउन यस्ता सम्मानले थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























