कपिलवस्तु — जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ६ मा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडाको आयोजनामा तथा तौलिहवा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा २३० जनाले आँखा जाँच तथा उपचार सेवा लिएका छन् ।
शिविरमा मोतियाबिन्दु रहेका ४५ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । साथै अन्य बिरामीलाई आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको वडाध्यक्ष राजकुमार कलवारले जानकारी दिए ।
उनले भने, “हामीले यस शिविरमार्फत गाउँमा रहेका गरिब, असहाय तथा वृद्ध नागरिकहरूलाई राहत पु¥याउने उद्देश्यले सेवा सञ्चालन गरेका थियौं । स्थानीयवासीको उल्लेखनीय सहभागिता र सहयोगले कार्यक्रम सफल भएको छ ।”
शिविरमा वडाध्यक्ष राजकुमार कलवार, वडा सचिव गोविन्द शर्मा लगायत स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो ।