कपिलवस्तु, जेठ १५ गते । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसमा ७ सय बिद्यार्थीको साईकलमा साईकलमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ । यस्तै उनीहरुलाई सोही कार्यक्रममा ट्राफिक नियम सम्बन्धी सचेतनामुकक जानकारी समेत दिइएको छ ।
तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीको साईकलमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो । ट्राफिक प्रहरी कार्यालय तौलिहवाको प्राबिधिक सहयोग र बुद्ध पद्म माध्यमिक बिद्यालयको समन्वयमा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा बिद्यार्थीहरुको साईकलमा रिफ्लेक्टिभ स्टिकर टासिएको हो ।
सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उदेश्यले बिद्यार्थीको ७ सय बढि साईकलमा रिफ्ल्क्टिभ स्टिकर टासिएको हो । विद्यालयमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरिक्षक दिपकराज गिरीले सडक सुरक्षा बारे जानकारी गराएका थिए । यस्तो कार्यले दुर्घटना न्युनिकरण तथा सडक सुरक्षा सचेतना अभिबृद्धिमा सहयोग पुर्याउने उनले बताए ।
विद्यार्थीको रिफ्लेक्टिभ स्टिकर टास्ने र ट्राफिक सचेतना गर्ने कार्य प्रभावकारी भएको बुद्ध पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम भण्डारीले बताए । दिवसको अवसर पारेर साताव्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका अध्यक्ष खग प्रसाद चापागाईले जानकारी दिए ।