रामघाटमा शिवधाम निर्माण हुदै
कपिलवस्तु नगरपालिका ३ रामघाटमा शिव धाम सहीत राम घाट पार्क निर्माण हुनलागेको छ । सान्सद तथा पुर्व मन्त्री सुरेन्द्रराज आचार्यको विशेष पहलमा शिव धाम निर्माण हुन लागेको हो ।
यस बर्ष ९० लाख बजेट बिनियोजन भएकोमा ठेक्कामा ६८ लाखमा शिव धामको निर्माण सुरु भएको इन्जिनियर राजेश शैनीले जानकारी दिनु भयो । आगामी आर्थिक बर्षका लागि सोही कामका लागि ३ करोड बजेट बिनियोजन भएको छ ।
कुल १ सय ६७ मिटर पोखरी मध्ये यस बर्ष ५१ मिटर निर्माण हुनेछ । त्यही पोखरीको बिचमा ठुलो शिवको मुर्ति निर्माण गरिने छ । दुबै तर्फ ३ फिट्को फुट पाथ र सजावट गरिने छ ।
किनारमा मलामी प्रतीक्षालय समेत निर्माण हुने छ । रामघाटमा रमणिय पार्क समेत निर्माण गर्ने योजना छ । धामाको सान्सद आचार्य र प्रदेश सदस्य सुधाकर पान्डेयले संयुक्तरूपमा शिलान्यास गर्नु भएको हो ।
कपिलवस्तु नगरपालिका २ स्थित कस्तुरी निर्माण सेवाले यस बर्षको काम असार २० भित्र काम सक्ने छ ।
समारोहमा मेयर सुदीप पौडेल वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतको सहभागीता थियो ।
































