कृषकहरुलाई प्रोत्साहीत कपिलबस्तु नगरपालिका २ ले दियो १ सय ४३ कृषकलाई स्प्रे टंकी
\कपिलवस्तु, जेठ २७ गते । कृषकहरुलाई प्रोत्साहीत गरी ब्यवसायिक खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका नगरपालिका वडा नम्बर २ ले १ सय ४३ कृषकहरुलाई ईलेक्ट्रिक स्प्रेटंकी उपलब्ध गराईएको छ ।
सहकारी, कृषि र ब्यक्तिगतरुपमा कृषि क्षेत्रलाई बढवा दिन उनीहरुलाई स्प्रे उपलब्ध गराइएको हो । कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेल, र वडाध्यक्ष अशोक कुमार गुप्ताले कृषकहरुलाई सो स्प्रे हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख पौडेलले ब्यवसायिक कृषि क्षेत्र तर्फ कृषकहरुलाई उन्मुख गर्न नगरपालिकाले बिभिन्न कृषि सामाग्री उपलब्ध गराइएको बताए । उनले कृषकहरुको समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताए । ‘ उनले मलखाद बिउ बिजन, सिचाई लगायतका सामाग्रीहरु सहजरुमपा उपलब्ध गराउन आफु लागी परेको बताए ।
वडाध्यक्ष गुप्ताले आफ्नो वडाले कृषकहरुलाई प्राथमिकतामा राखेको बताए । उनले कृषकहरुलाई थप सहयोग जारी राख्ने बताए । स्प्रे मा किट, रोग र झारपात नाशक बिषादी तथा भिटामिन समेत राखेर बोट बिरुवामा छर्न सकिन्छ ।
स्प्रे टु ईन वान रहेको छ । ब्याट्री र हात दुबैले चल्ने र गन समेत जडित छ । स्प्रेयर १६ लिटर क्षमताको छ । स्प्रे पाए पछि कृषकहरु खुशी बनेका छन । उनीहरुले आफुले यसको भरपुर सदुपयोग गर्ने बताए ।





















