साहित्यकार भिक्षुको ११६ औ जयन्तीको संझनामा साहित्यकार पौडेलको एकै पटक २ कृति बिमोचन
कपिलवस्तु, जेठ ३० गते । साहित्यकार भवनी भिक्षुको ११६ औं जयन्तीको संझनामा कपिलवस्तुको तौलिहवामा एकै पटक दुई कृति विमोचन गरिएको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोगमा सृजनशील नारी साहित्य समाजको आयोजनामा कबि गोष्ठी, श्रष्टा सम्मान र कृति बिमोचन कार्यक्रममा साहित्यकार सकुन्ता पौडलका प्राचिन कपिलवस्तु खण्ड काब्य र भावन दपर्ण नामक कबिता संग्रह बिमोचन गरिएको हो ।
वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, नगरपालिका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, बरिष्ठ साहित्यकार हरिराज शर्मा, पार्वती शर्मा, कमला श्रेष्ठ, कालीपद शर्माले संयक्तरुपमा सो कृति बिमोचन गरेका हुन ।
साहित्यकार पौडेलको यो चौथो र पाचौ कृति हो । यस अघि पौडेलले भावना नामक क्वाटी संग्रह, प्रभाव कबिता संग्रह र संघर्ष कथा संग्रह नामक कृति निकालि सकेकी छिन । प्राचिन कपिलवस्तु खण्ड काब्यमा पौडेलले ऐतिहासिक कुराहरु झल्काएकी छिन ।
सो अवसरमा वडा नम्बर ३ का अध्यक्ष गैरेले भवनी भिक्षुको जिल्ला भए पनि साहित्यको खडेरी परेको बेला साहित्यकार पौडेलले एकै साथ २ वटा कृति ल्याउनु धेरै राम्रो कुरा भएको बताए । उनले यो कृतिले कपिलवस्तुका चिनारीमा थप मद्दम मिल्ने उनले बताए ।
यस्तै बरिष्ठ साहित्यकार हरिराज शर्माले एकै पटक २ कृति ल्याउनु आफनैमा एउटा ठुलो कुरा भएको बताए । उनले यसले कपिलवस्तुका साहित्य क्षेत्रको विकासमा थप उर्जा मिल्ने बताए । सो अवसरमा साहित्यकार बासुदेव चौधरी, पशुपतिमणि त्रिपाठी लागयतले आफनो कबिता र रचना प्रस्तुत गरेका थिए ।































