प्रथम एग्रीवस्तु तारा बने केवट, पाए एक लाख नगद पुरस्कार
कपिलवस्तु, जेठ ३१ गते । कपिलवस्तु नगरपालिका वडा नम्बर १० धनकौलीको देवपुराका अगुवा कृषक बहराईची केवट प्रथम एग्रीबस्तु कृषि तारा बनेका छन । कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बुद्धभुमी नगरपालिका वडा नम्बर १० मै रहेको एग्रीबस्तुमा दिप कुमार फाउन्डेशनले राखेको एग्रीवस्तु कृषि तारा–२०८२ प्रतियोगितामा केवटले प्रथम स्थान हासिल गदैै सो पुरस्कार जितेका हुन ।
सो संगै उनले एक लाख रुपैया समेत हात पारेका छन । द्धितीय पुरस्कार बुद्धभुमी नगरपालिका कै अर्का कृषक कृष्ण मोहन केवटले जित्दै नगद ७५ हजार रुपैया प्राप्त गरेका छन । शिवराज नगरपालिका मौरी पालक कृष्णलाल भारतीले तृतीय हुदै नगद ५० हजार पाएका छन ।
बिदेशबाट फर्किर स्वदेश मै कृषि उद्यम गरेका बाणगंगाका दलबहादुर राना उत्कृष्ट कृषि उद्यमी बन्दै नगद ५० हजार पुरस्कार जितेका छन । शिवराजकी महिला कृषक दुर्गा अर्याल उत्कष्ठ महिला कृषकको पुरस्कार जित्दै नगद ५० हजार पाएकी छिन ।
कार्यक्रममा ५ जना सान्तवना पुरस्कार प्राप्त गर्ने कृषकहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सत्यभामा केवट, सन्तोष कुमार चौधरी, राम बहादुर थारु, सत्य नारायण थारु, वैभव प्रताप शाह रहेका थिए । बिजेता कृषकहरुलाई फाउन्डेशनका संरक्षक दिप कुमार उपाध्याय, प्रजिअ दिल कुमार तामाङ एग्रीबस्तुका संचालक आषिश शर्मा लगायतले प्रमाण पत्र, नगद र खादा सहीत सम्मानित गरेका थिए ।
सम्मानित भएका कृषक बहराईची केवटले यो सम्मानले आफूलाई कृषिमा अझै धेरै काम गर्न हौसला मिलेको बताए । उनले मेहनत खेर जाँदैन रहेछ भन्ने प्रमाणित भएको बताए । बहराईची र उनको पुरै परिवार तरकारी खेतीमा लागेर बार्षिक लाखौ रुपैया आयआर्जन गर्दै आएका छन ।
फाउन्डेशनका संरक्षक उपाध्यायले यस प्रतियोगिताले कपिलवस्तुका कृषकहरूमा नयाँ उत्साह र ऊर्जा थप्ने बताए । यस प्रकारका कार्यक्रमहरूले कृषि पेसालाई थप मर्यादित र आकर्षक बनाउन मद्दत पुग्ने उनले बताए । मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्यांकन समितिले आबेदन परेका ९० जनाको स्थलगत अध्ययन अन्ुगमन गरी फाउन्डेशनलाई नामावली छनौट गरी बुझाएको थियो ।
मूल्याङ्कन समितिमा कृषि ज्ञान केन्द्रका कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राकेश ओझा, कृषि विद् खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्य थिए ।
कार्यक्रममा प्रदेश सदस्य सुधाकर पाण्डेय, बिष्णु पन्थी जिल्ला समन्वय प्रमुख बावुराम आचार्य बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, शुद्धोधन गाउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी फाउन्डेसनकी अध्यक्ष मिथिला शर्मा, उपाध्यक्ष युवराज केसी लगायतको सहभागीता थियो ।































