जसपा नेपाल कपिलवस्तुको नव निर्वाचित कार्य समितिको प्रमाण पत्र बितरण र सपथग्रहण
कपिलवस्तु, जेठ ३१ गते । जसपा नेपाल कपिलवस्तुको नव निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको प्रमाण पत्र बितरण र सपथग्रहण कार्यक्रम तौलिहवामा संपन्न गरिएको छ ।
जसपा नेपालका केन्द्रिय सदस्य अब्दुल रसिद खाले नव निर्वाचित जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव सहीत कार्य समितिका पदाधिकारी र सदस्यलाइै सपथ खुवाएका हुन ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष सहीत कार्य समितका सबैलाई जसमा केन्द्रिय सदस्य सुदीप पौडेल साधिका यादवले प्रमाण पत्र बितरण गरेका थिए । जुबेर मुसलमानको संचालनमा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु पौडेल अब्दुल रसिद र यादव, निसार अहमद खा, रामनेवास यादव संतोष पाण्डेय लगायतले पार्टीलाई सशक्त बनाउनु पर्नेमा जोड दिएका थिए ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























