कपिलवस्तु नगरपालिका वडा नम्बर १ द्वारा सुत्केरी महिलालाई सुपानेट झुल वितरण
कपिलवस्तु, असार १ गते । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सुत्केरी महिलाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै ४० बढी महिलालाई सुपानेट झुल वितरण गरेको छ।
वडा अध्यक्ष मोहम्मद जाहिद खाले गौढीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा एक कार्यक्रमका बीच गर्भवती तथा सुत्केरी महिलालाई झुल वितरण गरेका हुन्।
स्वास्थ्य केन्द्रकी अहेब सृजना भट्टराईका अनुसार स्वास्थ्य प्रोटोकल अनुसार चार पटक नियमित जाँच गराएका र अस्पतालमा सुरक्षित सुत्केरी गराएका महिलालाई झुल वितरण गरिएको हो।
“घरमै सुत्केरी गराउने परम्परालाई हटाउँदै मातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो,” अहेब भट्टराईले बताइन्।
वडामा कुल २०० सुत्केरी महिलालाई झुल वितरण गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













