धान खेतीका लागि बाणगंगा सिचाइ प्रणालीमार्फत नहरमा पानी प्रवाह सुरु
कपिलवस्तु, असार ३ गते । कपिलवस्तु जिल्लाको क्षेत्र सबैभन्दा ठूलो बाणगंगा सिचाइ प्रणाली अन्तर्गत रहेको जगदीशपुर जलाशय (रिजर्भवायर) को पानी सोमबार दिउँसो विधिपूर्वक पूजा–पाठ गरी नहरमा छाडिएको छ।
धान खेतीको सिजन सुरु भएसँगै सिचाइ सुविधा उपलब्ध गराउनका लागि पानी प्रवाह गरिएको हो। बाणगंगा सिचाइ प्रणाली जल उपभोक्ता संस्था अध्यक्ष मोहन शर्मा दहालले जानकारी दिनुभयो । यस प्रणालीबाट हाल ६ हजार ३५० हेक्टर क्षेत्रमा सिचाइ सुविधा पुर्याउने गरिएको छ।
“हामीले विगत वर्षहरुभन्दा समयमै पानी प्रवाह गरेका छौं, जसले कृषकहरूलाई रोपाइँको समयमा सहजता मिल्नेछ,” अध्यक्ष दहालले बताउनुभयो।
जगदीशपुर जलाशयबाट मुख्य नहरमार्फत पानी प्रवाह भएपछि कपिलवस्तुका विभिन्न क्षेत्रका कृषकहरूले सिचाइ सुविधा प्राप्त गर्नेछन्। यस प्रणालीले विशेष गरी धान खेतीमा भर पर्ने किसानहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













