गैडहवामा ट्याक्टर जोताईको नयाँ भाडादर निर्धारण
भैरहवा, ८ असार ।
रुपन्देहीको गैडहवा गाउँपालिकाले कृषि कार्यमा प्रयोग हुने ट्याक्टर जोताईका लागि नयाँ भाडादर निर्धारण गरेको छ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालका अनुसार असार २ गते बसेको गाउँ कार्यपालिकाको बैठकले ट्याक्टर जोताईका भाडादर नयाँ रूपमा तय गरेको हो। निर्धारणअनुसार कल्टिभेटर ट्याक्टरको जोताई भाडादर प्रतिघण्टा रु. १,५०० र रोडाभेटर ट्याक्टरको भाडादर प्रतिघण्टा रु. २,००० कायम गरिएको छ।
अध्यक्ष पौड्यालले ट्याक्टर जोताईका सेवा प्रदायक र कृषकबीच सहमति र पारदर्शिता कायम गर्न यो निर्णय गरिएको बताउनुभयो। भाडादर स्पष्ट भएपछि किसानहरूलाई ठगी तथा अन्योलबाट जोगाउने विश्वास लिइएको छ।
गैडहवामा धान रोपाईं सिजन सुरु हुन लागेकाले यो निर्णय समयमै आएको कृषकहरूले बताएका छन्। गाउँपालिकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























