अविरल वर्षाले छाप्रो भत्किँदा कपिलवस्तुमा एक जनाको मृत्यु
कपिलवस्तु, असार ९ । कपिलवस्तुमा निरन्तर परेको वर्षाका कारण छाप्रो भत्किँदा एक वृद्धको ज्यान गएको छ।
विजयनगर गाउँपालिका–३, जगदीशपुरका ६० वर्षीय दुर्गा प्रसाद काफ्लेको चिया पसलमै सुतिरहेका बेला छाप्रो भत्किएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, सोमबार बिहान करिब ५ बजेतिर वर्षाका कारण छानो गलेर अचानक छाप्रो भत्किएको थियो। प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार काफ्ले सुतिरहेको अवस्थामा छाप्रोको मलबा र खरले पुरिँदा घटनास्थलमै ज्यान गएको हो।
स्थानीयवासीका अनुसार छाप्रो धेरै पुरानो र कमजोर अवस्थामा रहेको थियो। रातभरको अविरल वर्षाले छानो गलेपछि छाप्रो एक्कासि भत्किएको हो।
घटनापछि उनको शव पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























