धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
बारा, असार १८ गते । बाराको कलैया उपमहानगरपालिका-१०, मटिअर्वा टोलमा बुधबार दिउँसो श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बच्चा मियाँले २३ वर्षीया श्रीमती सहिना खातुनको टाउको र घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
हत्या गर्ने श्रीमान् बच्चा मियाँलाई नियन्त्रणमा लिइएको बाराको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























