महाराजगंजमा आठ बर्षमा विकासका धेरै काम भएका छन्ः सांसद आचार्य
कपिलवस्तु, असार १८ गते । पुर्व मन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले ८ बर्षमा महारागंज नगरपालिकामा विकासमा धेरै काम भएको बताएका छन । उनले बिगतमा पक्की सडक नहुदा हिड्न समेत गाह्रो हुने गरेका स्मरण गर्दै अहिले भने यो पालिकाको गाउ गाउमा पक्की र ग्राभेल सडक पुगेकाले धेरै सुबिधा भएको बताए ।
महाराजगंज नगरपालिको १७ औ नगर सभामा सम्बोधन गर्दै उनले विकासमा पछि परेको महाराजगंजमा अहिले धेरै विकास देखिएको बताए । उनले सडक बिस्तार र निर्माणमा ८ बर्षमा धेरै काम भएको आफुले अनुभव गरेको बताए । बिगतमा आफ्नो पनि यही क्षेत्र रहेको भन्दै अहिले बिकासले गति लिएको उनको भनाई छ ।
पुर्वाधार तर्फ बिद्यालय निर्माण, अस्पतल बर्थिङ सेन्टर निर्माण लगायतको काम भएको बताए । उनले अझै पनि महराजगंजमा विकासको खाचो रहेको बताए । उनले नदी कटानको समस्या समाधानका लागि भारतीय सरकारको सहयोमगमा बाणगंगामा नदी नियन्त्रणको काम सुरु हुन नसकेको प्रति दुःख ब्यक्त गर्दै भारतीय सरकारलाई चाडो काम सुरु आग्रह गरे ।
हर्दौना कजरहवा, खोरिया अकबरपुर सहीत बाणगगां नदी कटान नियन्त्रणमा आफुले सक्दो पहल गर्ने उनले बताए ।
सो अवसरमा नगर प्रमुख अब्दुल कलाम खाँले महाराजगंज गरपालिकालाई किचडमुक्त बनाउने आफ्नो महाअभियान अझै जारी रहेको बताए । उनले सडक सहीत बिद्यालयको पुर्वाधार र शिक्षा अस्पताल निर्माण बर्थिङ सेन्टर लगायतमा जोड दिएको बताए । उनले १५ बेडको अस्पताल निर्माण भइ सकेको र अब संचालनको तयारी गरिएको बताए ।
उनले ८ बर्षको अवधिमा आफ्नो बलबुताले भ्याय सम्म विकास र जनताको सुख दुखमा काम गरेको बताए । नगरपालिका मध्ये सबै भन्दा कम आन्तरिक आय भएको पालिका हुदा समेत आफुले विकास निर्माणमा कुनै कसर नछाडेको बताए ।
सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत दिपेन्द्र रेग्मीले पालिकालाई अघि बढाउन वडा र जनताले समेत साथ दिनु पर्ने बताए । उनले नगरलाई बनाउन सबैको साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा संचारकर्मी दिपा महतलाई स्वगीर्य सुभावति कुर्मी स्मृति पत्रारिकता पुरस्कारले सम्मानित गरिएको थियो । नगर प्रमुख कलाम नगर उप प्रमुख रिता कुमारी कुर्मी र प्रमुख प्रशाकीय अधिकृत दिपेन्द्र रेग्मीले कदर पत्र प्रदान गरेका थिए ।
यस्तै एसीईईमा उत्कृष्ठ जिपिए ल्याएका ३ बिद्यार्थीलाई नगद र प्रंशंसा पत्रले सम्मानित गरिएको थियो । साधना कुर्मी, सोनु ठाकुर र सुनील कुर्मीलाई सम्मानित गरिएको थियो ।
यस्तै नगरपाकिलाका योजना तथा प्रशासन शाखा प्रमुख निरंजन पौडेल, बृजेश यादव लगायतका नगरपालिकामा काम गर्ने आधा दर्जन कर्मचारीलाई समेत सम्मानित गरिएको थियो ।
सो अवसरमा ११ वटै वडाका अध्यक्षले वडामा बिनियोजन गरेको बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए । वडालाई ७० लाखको सिलिङ दिइएको छ । यस अघि नै गत असार १० गते महराजगंजको आगामी आर्थिक बर्षको बजेट १ अर्व ९ करोड २७ लाखको बजेट ल्याई सकेको छ ।































