प्राचिन कपिलवस्तु यातायात प्रालिले बिस्थापित गर्यो ४ पुराना गाडी
कपिलवस्तु, असार २० गते । प्राचिन कपिलवस्तु यातायात प्रालिले २० बर्ष पुराना ४ गाडीहरु बिस्थापित गर्ने निर्णय गरेको छ । सरकारी नीति तथा जन गुनासो बढे पछि प्रालिले यस प्रालिमा दर्ता भई संचालन गरिदै आएका ४ गाडीहरु बिस्थापिति गर्ने निर्णय गरिएको हो ।
यस प्रालिको गत असार १५ गते बसेको संचालक समितिको बैठकले २००५ मोडेलका ४ गाडीहरु बिस्थापित गर्ने निर्णय गरिएको प्रालिका अध्यक्ष मोहम्मद रफिक रंगरेजले बताए । ती गाडीहरु यही असार भित्र बिस्थापित गरिने उनले बताए ।
सरकारी नीतिको पालना गर्दै आफुहरुले ४ वटा गाडीहरु बिस्थापित गरेको उनले बताए । दुर्घटना न्युनीकरण तथा वातावरण प्रदुषण रोक्न आफुहरुले क्रमशः २० बर्ष पुराना गाडीहरुलाई बिस्थापित गर्दै जाने उनले बताए ।
यात्रुहरुको सुबिधालाई मध्यजन गरी आफुहरुले सुबिधायुक्त गाडीहरु संचालन गर्ने लक्ष्य रहेको उनले बताए । तोकिएको भन्दा बढी भाडा असुली गरिएको, गाडी चालक र कन्डक्टरले यात्रुहरुलाइृ कुनै दुब्र्यवहार गरेको बिषयमा कुनै गुनासो भए आफुहरुलाई जानकारी गराउन समेत उनले आग्रह गरे ।































