तौलिहवा(कपिलबस्तु), असार २९ गते । कपिलबस्तुमा यात्रुबाहक बस दुर्घटना हुंदा २९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय कपिलबस्तुका प्रहरी निरिक्षक पंकज चुदांलीका अनुसार काठमाण्डौ देखि दाङ जादै गरेको बस कपिलबस्तुको चन्द्रौटा र गोरुसिंगेको सिमाना बेल नदि नजिकै बस दुर्घटना भएको बताउनुभयो ।
लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुंदा तिन जना गम्भिर घाइते भएको उहाँले बताउनुभयो । गम्भीर घाइते भएका लाई बुटवल लगिएएको छ भने बांकीलाई चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ ।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरिक्षक चुदांलीको भनाई छ ।