“जहाँ सोच त्यहाँ विकास ” उदाहरण शिवराज नगरपालिका
कपिलवस्तु, असार २९ गते।
कपिलवस्तुको शिवराज नगरपालिकाकाे आफ्नो छुट्टै पहिचान बन्दै गएको छ। युवा पुस्ताले जिम्मेवारी पाएपछि त्यही कार्यलाई फरक ढंगले गर्ने गरेको पाइन्छ। भनिन्छ कुशल नेतृत्वले गरेको काम जहिले पनि उदाहरणीय हुन्छ।

जुन शिवराज नगरपालिकाको नगर प्रमुख अजय थापा बाट देखिएको छ। मेयर थापाले नगरका विभिन्न ठाउँमा चोक/सडकमा हाइमास्ट लाईट सी सी क्यामरा सहित उपकरण जडान गरी जनताको सेवा सुबिधा र सुरक्षामा थप आयाम स्थापित गरेको पाइन्छ। नगरलाई एक सुन्दर, स्वच्छ र आकर्षक नगर बनाउने सोच अगाडि बढाउदै चन्द्रौटा बजारमा Street Light जडान गरी बजारको स्वरूप नै बदलिएको छ।

अहिलेको बदलिएको स्वरूप र विकास कार्यले नगरप्रमुख थापालाई सामाजिक संजाल मार्फत धन्यवाद ज्ञापन दिएको पाइन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























