कपिलबस्तु नगरपालिका ६ मा तिज गीत तथा नृत्य प्रतियोगिता
कपिलबस्तु, भदौ ७ गते । कपिलबस्तु नगरपालिका वडा नं. ६ मा भव्य रूपमा तिज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
तिलौराकोट सामुदायिक सिकाई केन्द्रको आयोजनामा र वडा नं. ६ को सहयोगमा भएको सो प्रतियोगितामा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा परिजात आमा समूह प्रथम, मगर बाल सञ्जाल दोस्रो, राधा कृष्ण समूह तेस्रो स्थानमा परेका छन् भने सगरहवा भक्ति समूहले सान्त्वना प्रथम र तिलौरी आमा समूहले सान्त्वना दोस्रो स्थान हासिल गरेका छन्।
विजेताहरुलाई पुरस्कार स्वरूप प्रथम हुने समूहलाई ६ हजार रुपैयाँ र प्रमाणपत्र, दोस्रो हुनेलाई ५ हजार रुपैयाँ र प्रमाणपत्र, तेस्रोलाई ४ हजार रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना प्राप्त दुवै समूहलाई १५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो।
वडाध्यक्ष रामजित कुर्मीले भने, “यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले महिलाको प्रतिभा उजागर गर्नुका साथै हाम्रो परम्परागत पर्वलाई संरक्षण गर्न मद्दत पुर्याउँछन्।
वडा कार्यालय सधैं यस्ता सकारात्मक कार्यक्रमलाई सहयोग गर्दै जानेछ,” भन्दै विजयी समूहलाई बधाई दिनुभएको थियो। कार्यक्रम तिलौराकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जुबेर अहमद खाको अध्यक्षता, शान्त सापकोटाको सञ्चालन र फिनिसिरा थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा वडा सचिव हरिशंकर चौधरी, वडासदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













