शौचालयमा शिशु जन्माएर आमा बेपत्ता
उर्लाबारी, भदौ १४ गते । मोरङको उर्लाबारी–५ स्थित अरनिको अस्पतालको शौचालयमा सालनाल सहितको नवजात शिशु फेला परेको छ । शिशु जन्माएर आमा भने वेपत्ता भएकी छिन् ।
शौचालयमा फेला परेको नवजात शिशु प्रहरीको समन्वयमा उद्दार गरी उपचारका लागि दमकस्थित कियोच अस्पतालमा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले एन्जल फाउण्डेसन उर्लाबारीको निगरानीमा शिशुको उपचार भइरहेको जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक बरालले शिशु जन्माउने आमाको खोजि भइरहेको बताउनुभयो । अनुसन्धान भइरहेको छ, आमाको नजिक पुगिसकेका छौँ, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























