कपिलबस्तुमा बिष्फोटक पदार्थका मुख्य योजनाकार पक्राउ
तौलिहवा(कपिलबस्तु) भदौ १८ गते । प्रहरीले कपिलवस्तु जिल्लामा बम राखिएको घटनामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरेको छ ।
जिल्लाको मायादेवी गाउँपालिका १ पकडीस्थित गत जेठ १७ गते नवीन कुमार श्रीवास्तवको घर अगाडि रहेको पानको टंकी पसलको खाटमुनी प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । सो घटनापछि फरार रहेका मुख्य योजनाकारलाई प्रहरीले खोजतलास जारी राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार अनुसन्धानका क्रममा जिल्ला कपिलवस्तु नगरपालिका ११ रेहरा बस्ने प्रतिवादी हाकिम अलि मुसलमानलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
पक्राउ परेका मुसलमानलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कपिलवस्तुमा बुझाइएको प्रहरी नायब उपरिक्षक सिंहको भनाई छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























