कुश्मा टोल विकास समितिको उदाहरणीय काम, मृतक परिवारलाई १० हजार क्रिया खर्च
कपिलवस्तु भदौ १८ गते । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कुस्मा स्थित कुस्मा टोल विकास सस्थाले राम्रो सामाजिक कामको सुरुवात गरेको छ । २०७५ सालमा स्थापना भएको संस्थाले संस्थामा आबद्ध रहेका परिवारकाका कुनै सदस्यको मृत्यु भए पश्चात मृतकका परिवारलाई क्रिया खर्च बापत १० हजार दिने कार्यको थालनी गरेको हो ।
संस्थाका अध्यक्ष मधुसुदन भट्टराईले टोल विकास संस्थाको कार्य समितिले समितमा आबद्ध रहेका परिवारको सदस्यको मृत्यु भएको खण्डमा मृतक परिवारलाई १० हजार क्रिया खर्च उपलब्ध गराउने निर्णय गरिएको बताए ।
यसको थालनी स्वरुप एक परिवारलाई क्रिया खर्च बापत १० हजार उपलब्ध गराइएको उनले बताए । संस्थाले सरसफाई बृक्षारोपण बचत लागतयका काम समेत गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























