पोखरामा अश्रुग्यास र रबरका गोली प्रहार
पोखरा । कास्कीको पोखरामा सोमबार (भदौ २३) दिउँसो अश्रुग्यास र रबरका गोली प्रहार गरिएको छ । पोखरा सभागृहबाट ‘जेनजी’ पुस्ताको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुगेपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरका गोली प्रहार गरेको बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























