फागुन २० सम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने
निर्वाचन आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाएको हो।
नेपालको संविधानको धारा ८४ को उपधारा ५ मा १८ वर्ष पूरा गरेका बालिग नागरिकले मतदान गर्नसक्ने व्यवस्था रहेको छ। ‘१६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने र मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये संवत् २०८२ साल फागुन २० गते सम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मात्र फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनेछन्,’ आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













