असोज १० गते।

कपिलवस्तुको शिवराज नगरपालिकाले नगरलाई हराभरा, सुन्दर र सुसज्जित बनाउनको लागि चन्द्रौटा–कृष्णनगर सडक खण्डको डिभाइडरमा फुलका विरूवाहरु वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । करिब ९ किलोमिटर क्षेत्रमा सितारा, मदु, कामिनी, हिमिलिया, प्रगिरिया टिक्कर, स्वामी र असारे फूलसहितका बिरुवा लगायत अन्य बिभिन्न प्रजातिका ८५० वटा बिरुवा रोपिएको हो ।

बृक्षारोपण कार्यक्रममा पालिकाका कर्मचारी, जनप्रतिनिधि, प्रहरी, बिभिन्न बिद्यालयका शिक्षक कर्मचारी, समाजसेवी र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।

वातावरण संरक्षण, हावापानी सन्तुलन र नगरको सौन्दर्य वृद्धिलाई प्राथमिकता दिँदै नगरपालिकाले यस प्रकारका वृक्षारोपण अभियानलाई निरन्तरता दिने नगरप्छरमुख अजय थापाले बताउनुभयो।

स्थानीयवासीहरूले पनि अभियानलाई सकारात्मक स्वागत गर्दै रोपिएका बिरुवाको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।